नेभिगेशन
सबै कुरा

जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन

ललितपुर । ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनीका रबिन फलामका वेल्डिङका काम गर्थे । भाडाको जमिनमा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै रबिन, उनको परिवार र  केही कामदारहरू त्यही टहरोमै बस्थे । 

सामान्य पानी पर्ने बितिक्कै उत्तरी ललितपुरको सबै खोला नाला सोहोरिएर आउने नख्खु खोलाको किनारामै उनीहरूको टहरो थियो । बिहीबार साँझ देखिको अबिरल वर्षाका कारण नख्खु खोला बढ्ने र धनजनको क्षति हुन सक्ने भन्दै वडा अध्यक्ष अमृतजंग महतले रबिनलाई बिहीबार र शुक्रबार पनि निरन्तर फोन सम्पर्क गरिरहेका थिए । 

CG


शुक्रबार साँझ पनि बाढी आउन थालेपछी अध्यक्ष महतले  रबिनलाई फोन गरेर बाढीबारे अपडेट मागे ।  रबिनले खोलामा पानीको बहाव बढेको र पहिले बनाएको फलामे पुल भत्काएको जानकारी दिए । ‘हामीले बनाएको फलामे फड्के भत्काएको छ मैले बाँधेर राखेको छु दाइ यहाँ अरु जोखिम छैन भनेको थियो,’ वडा अध्यक्ष महतले सिधाकुरासँग भने, ‘तर एक्कासि बिहान मलाई उनीहरु नै बाढीमा फसेको खबर आयो ।’ 

बिहान ५ बजे देखि नै नख्खु खोलामा बाढीले वितण्डा मच्चाएको खबर आएपछि वडा सदस्यहरुसहित खोला क्षेत्रमा पुगेको र उनीहरु फसेको ठाउँमा सवा ७ बजे पुगेको वडा अध्यक्ष अमृत महत बताउँछन् । 

‘विभिन्न क्षेत्रको अवलोकन गर्ने क्रममा म त्यहाँ पुग्दा ७ः २० भएको थियो । उनीहरु पहिले जस्ताको टहरो भित्र थिए । पानी बढ्दै गएपछि जस्ता छेडेर छानोमा उक्लिए । उनीहरु छनो माथिबाट बचाउनका लागि हारगुहार गरिरहेका थिए,’ वडा अध्यक्ष मतहले भने । 

आफू नगर प्रहरी र अन्य स्थानीहरू उनीहरूको उद्धारका लागि डोरी, ट्युब लगायतका उपकरणहरू जोहो गर्न थालेको महतको दाबी छ । ‘जटिल अवस्थाको उद्धारका लागि  हामीसँग उपकरण थिएन । उद्धारका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हारगुहार गरे,’  उनले भने, ‘रबिन र उनको परिवार बाढीको बीचमा फसेको झण्डै ६ घण्टासम्म पनि कुनै उद्धारको पहल भएन ।’ 

केही मात्रामा स्थानीय र जनपथ प्रहरी बाहेक अन्य सुरक्षा निकाय घटनास्थलमा उद्धारका लागि नआएको उनको आरोप छ। टहरोमा रहेका चार मध्ये एक जनाको पहिले र बाँकी ३ जना केहीबेरको फरकमा खोलामा बगेको प्रत्यक्षदर्शी समेत रहेका वडा अध्यक्ष महतले बताए । 

‘घण्टौँसम्म केन्द्रिय सरकारको उद्धार टोली नआएपछि हामीले ठूलो ट्याबु खोज्यौँ । ट्युब आइपुगेर डोरीमा बाँधेर खोलामा हाल्नु र टहरा भत्किएर उनीहरु बग्नु एकैपटक भयो ।’

आफुले कुराकानी गरिरहने मित्र विपद्मा उद्धारका लागि गुहार मागिरहँदा पनि बचाउन नसकेको भन्दै उनले दुख व्यक्त गरे । उनीहरु ६ घण्टा देखि खोलामा फसेको  र पछिल्लो ३ घण्टा त आँखै अगाडिे उद्धारको पहल गर्दा गर्दै नसकेको वडा अध्यक्ष महतले बताए । केन्द्रिय सरकारको सुबिधा सम्पन्न उद्धार टोली बेलैमा परिचालन हुन नसक्दा उनीहरु बाढीमा परेर बेपत्ता भएको महतको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...
काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३...