इलाम । इलामको उपनिर्वाचनमा मतपेटिका ओसार्न ट्रिपरको प्रयोग गरिएको छ ।फाकफोकाथुम गाउँपालिका–३ को सिंहदेवी माध्यमिक विद्यालयमा रहेको मतपेटिका ओसार्न ट्रिपरको प्रयोग गरिएको हो ।
ट्रिपरमा राखेर कष्टपूर्ण यात्रा गर्न बाध्य बनाइएको भन्दै निर्वाचनमा खटिएका कर्मचारीहरुले गुनासो गरेका छन् ।निर्वाचनमा खटिएका अधिकृत उपेन्द्र खनालले मतपेटिकाको सुरक्षा गर्नुपर्ने भएतापनि ४÷५ घण्टाको कच्ची बाटोमा बालुवा बोक्ने ट्रिपरको यात्राले कसरी मतपेटिकाको सुरक्षा गर्ने भन्दै गुनासो गरेका छन् ।१२ वटा मतपेटिका र १२ जना कर्मचारीलाई ट्रिपरमा हालेर इलाम सदरमुकाममा रहेको गौतम बुद्ध सभा गृहमा रहेको मतगणना स्थलमा लगिँदै छ ।
इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा समग्रमा ५७ प्रतिशत मत खसेको छ ।