काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरु मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका हुन् । उनले आफ्नो निश्चित घोषित नीति अनुसार दलहरु चल्न नसक्दा अस्थीरता अन्त्य हुन नसकेको धारणा राखे । रावलले केन्द्रमा सरकार फेरवदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसँग काम गर्न नसकेको जिकिर गरे । उनले सहकारी छानविन समितिको प्रतिवेदन सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पिडितलाई ठगि गर्नेबाट असुलउपर गरेर उपलव्ध गराउनुपर्नेमा जोड दिए ।
उनले अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गरे ।