जाजरकोट । जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको एक साता भयो । जाजरकोट जिल्लामा मात्रै प्रभावितको संख्या ३४ हजार भन्दा धेरै परिवार छन् । उनीहरू मध्ये करिब १० हजार परिवारका घर पूर्णरुपमा ढलेका छन् भने बाँकी घर बस्न मिल्ने छैनन् ।
भूकम्पका पराकम्पनका कारण चक्कीएका घर अहिले पनि भत्किरहेका छन् । भूकम्प लगत्तै उद्धारमा प्रशंसनीय काम गरेको सरकारले राहत वितरण भने प्रभावकारी बनाउन सकेको छैन । जाजरकोट र रुकुम पश्चिममा अझै १२ हजार भूकम्प पीडितले पाल समेत नपाएको प्रशासनकै तथ्याङ्कले देखाउँछ ।
उनीहरूको राहतका लागि प्रयोग हुनु पर्ने नेपाली सेनाका हेलिकप्टर, राहत पुर्याउन भन्दा बढी नेता र मन्त्रीहरू ओर्सान व्यस्त भएको देखिएको छ ।
अझ भिआइपी, भिभिआइपीको भ्रमणले जाजरकोट र रुकुम पश्चिममा सरकारी संयन्त्र भूकम्प प्रभावितको राहत वितरणमा खटिन समस्या भएको देखिएको छ । जाजरकोटबाट फर्केपछि तयार पारिएको भिडियो सामाग्री ः