पोखरा । पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुाति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ५ दिनको म्याद थप भएको बताएको छ ।
सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका आइतबार राति पोखरा लगिएको थियो ।
जोशीलाई काठमाडौँमा पक्राउ गरिएको थियो । उनलाई सहकारी ठगी आरोपमा संसदीय छानबिन टोलीले दिएको प्रतिवेदन कार्यन्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जोशीलाई आइतबार दिउँसो उनकै निवासबाट पक्राउ गरिएको थियो ।