इजरायलबाट विद्यार्थीको गुनासो : सरकार र दूतावासले झूटो प्रचार गरे, हामी अझै असुरक्षित छौँ

सिधाकुरा

इजरायलको जोखिममा रहेका विद्यार्थीले आफूहरू सुरक्षित रहेको भनेर दूतावासले भ्रम छरेको गुनासो गरेका छन् ।

सोमबार साँझ इजरायलस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै इजरायलको उत्तरी क्षेत्रमा जोखिममा रहेका ७२ नेपाली विद्यार्थीको उद्धार गरि अझ सुरक्षित स्थानमा सारिएको बताएको थियो । साथै गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेको ५५ नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्रबाट उद्धार गरि सुरक्षित स्थानमा लगेको थियो ।


तर इजरायलमा रहेका विद्यार्थी सुरज भण्डारीले फेसबुकमा सबै असुरक्षित स्थानमा रहेको भन्दै दूतावासले गलत समाचार प्रचार गरेको गुनासो गरेका छन् । साथै उनले नेपाल फर्काउन नसक्ने भए अन्य मुलुकमा भएपनि पुर्याउन आग्रह गरेका छन् ।

यस्तै इजरायलको कादेश बर्नियामा रहेका निर्मल गुरागाँईका अनुसार अहिले सुरक्षित भनिएको ठाँउ समेत सीमा क्षेत्रबाट ५ सय मिटरको दूरीमा मात्रै रहेको छ । साथै उनीहरू टिनको छानामुनि बसिरहेका छन् भने लुक्ने बंकर समेत छैन । उनले लेखेको छन् सुरक्षित भनिएको ठाँउमा सबैभन्दा असुरक्षित महसुस भैरहेको छ, सीमाबाट ५ सय मिटर दुरीमा रहेको बसिरहेको ठाँउमा कङ्क्रिटको छानो छैन, लुक्ने बंकरपनि छैन । सरकार र दूतावासले बुझिबुझि बुझ पचाएको गुनासो गर्दै भ्रामक कुराले देश बस्नेको आँट टाल्न सकिएपनि विद्यार्थीको मन टाल्दैन

 

दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरूको स्वदेश फिर्तीका लागि ३५० जनाले विवरण बुझाएको जनाएको छ । उनिहरुको सुरिक्षत स्वदेश फिर्तीको प्रक्रिया सुरु गरेको दूतावासले प्रक्रिया के हो भन्ने खुलाएको छैन । फारम भरेका विद्यार्थीहरुले फारम भरेपछि फर्किने बारेमा कुनै जानकारी नगराइएको बताएका छन् । सरकारले नेपाल फर्काउने प्रचार गरेपनि दूतावासमा फोन गर्दा कर्मसियल फलाइटहरु चलिरहेको छ भन्ने जवाफ आएको गुनासो गरेका छन् । यसका लागि टिकट कसले काट्ने भन्नेमा दूतावासमा दुबिधामा देखिएको छ । इजरायलको नेतिभोतको कृषि फार्मबाट सोमबार उद्धार गरि सुरक्षित स्थान मानिएको रामत नेगेभको कृषि फार्ममा राखिएका नेपाली विद्यार्थीले फेसबुकमा सार्वजनिक भिडियोमा जे भने :

"हामी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूलाई सोमबार रातिबाट रामेत नागेभको कृषि फार्ममा ल्याएर राखिएको छ । हामी तलबाट आउने आतङ्ककारीलाई होल्ड गर्न सक्छौं । माथिबाट आउने मिसाइल हो । साथीहरू भए जस्तै पनि हुन सक्छ । बाँच्न पनि सकिन्छ । मर्न पनि सकिन्छ । दूतावासमा फोन गर्दा हरेक समय चनाखो भएर बस्नु भनेको छ । हामीसँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका नागरिकलाई सोमबार नै उद्धार गरेर लागिसके । चार दिन भइसक्यो बैठक बस्दैछौं भनिरहेको छ सरकार । प्राथमिकता केलाई दिने भन्ने कुरा नै देशको सरकारले छुटाउन सकेको छैन । अहिले बैठक त बसिरहेको छ । त्यो बैठकले साथीहरुको मूल्यमात्रै तोकिरहेको छ । कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं । भलै, दुई दिन अगाडिसम्म खाना पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो । जुन तरिकाले समाचार पढिरहेका छौं । त्यो कठिनाई छ । यसको पनि ख्याल गरिदिनुहोला । दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरु चलिरहेको छ भन्छ । यसको लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा आएको छ । पैसा हाल्नु पर्ने भए हामी तयार छौं । सरकारले पैसा हाल्न सक्तैनौं भन्नुप¥यो । पैसा हाल्न नसक्ने भए आज साँझभित्र नै हामीलाई सूचना प्रदान गर्नुप¥यो । हामीलाई जहिल्यै पनि मानसिक, इमोसनली बलियो हुनुपर्छ भनेर सबैले भनिरहेका छन् । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । अब ५ दिन भइसक्यो, बमको आवाज गर्जेको गर्ज्यै छ । यो ठाउँ अहिलेको लागि सेफ हो । यो बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । एउटा ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरेको मात्रै हो । हामी पूर्णरुपमा सुरक्षित छैन । अब १६ अक्टोबरबाट उडानहरु कतैबाट पनि बाहिर जान नदिने कुराहरु चलिरहेको छ । इजरायलका मान्छेहरुलाई बिदामा दुई÷तीन महिनाको लागि बाहिर जाऊ भनिरहेको छ । हामीलाई नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ? हामीलाई खाना पाएको छ, बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरु गुमाइसक्यौं । हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरु साथीहरुलाई गुमाउनु छैन ।"

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||