
काठमाडाैँ । नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचाैर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार ४ पुरुष र १ महिलाको शव घटनास्थलबाट निकालिएकाे छ।
उक्त हेलिकप्टर १ः५४ मा काठमाडौंबाट उडेको थियो । सो हेलिकप्टरको शिवपुरीको डाँडाबाट सम्पर्क टुटेको थियो। दुर्घटना भएकोबारे शिवपुरी ७ का वडा सचिव नारायण पाण्डेले पनि पुष्टि गरे । उनका अनुसार बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको थियाे ।