३ असोज, काठमाडौं । संविधान दिवसमा डिल्लीबजार कारागारमा विभिन्न कसुरमा कैदी भुक्तानी गरिरहेका १९ जनाले सजाय माफि पाएका छन् । जस मध्ये ३ जना कर्तव्य ज्यान मुद्दाका छन् ।
संविधान दिवसका अवसरमा गृह मन्त्रालयको सिफारीसमा राष्ट्रपति कार्यालयबाट डिल्लीबजार कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका काठमाडौंका डेनिश श्रेष्ठ, काठमाडौ १६ का दिनेश महर्जन, सिराहाका जाविर अन्सारीको बाँकी सजाय मिनाह भएको हो ।
यस्तै ज्यान मार्ने उद्योग कुटपिट अंगभंग कसुरमा सजाय काटिरहेका नुवाकोटका सानुराम खत्री र विकास केसीको पनि कैदी कट्टी भएको छ । उनीहरु सबै कारगारबाट रिहा भएको कारागार स्रोतले बताएको छ ।
उनिहरुसँगै रेड पाण्डाको ओसारापसा तथा विक्री गर्ने कसुरमा सजाय काटिरहेका रसुवाका काजी तामाङ र सिन्धुपाल्चोकका अनुप सापकोटा, सरकारी छाप दस्तखत किर्ते कसुरमा सजाय काटिरहेका सप्तरीका विष्णुप्रसाद चौधरी, खोटा चलान कसुरमा सजाय काटिरहेका हेटौंडाका सुदिप कार्की, अवैधरुपमा हात्ति, कस्तुरी लगायत वन्यजन्तुको अखेटा पार गरेको कसुरमा सजाय काटिरहेका हुम्लाका छवाङ तुण्डुप तामाङ, अवैधरुपमा गैंडाको खाग अखेटा पार गरेको सजाय काटिरहेका काठमाडौंका लव खत्री पनि माफि मिनाहा पाएर कारगारबाट रिहा भएका छन् ।
यस्तै चोरी मुद्दामा सजाय काटिरहेका धादिङका कान्छा मगर, डाका मुद्दामा सजाय काटिरहेका कृष्ण मोक्तान, डाका, हातहतियार कसुरमा सजाय काटिरहेका रसुवाका गोरे भनिने गोर्साङ घले, सवारी ज्यान मुद्दामा सजाय काटिरहेका सिन्धुपाल्चोक मेलम्चीका अर्जुन गिरी, बालुवाटरका पदम बहादुर सुनार, नबजनी चोरीमा सजाय काटिरहेको गोरखाकाका रोशन परियारले पनि कैदी छुट पाएका छन् ।
यस्तै ट्याक्सीको मिटरको सिल तोडेको कसुरमा सजाय काटिरहेका रामेछाप दोरम्बाका बुधबहादुर श्रेष्ठले पनि संविधानदिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफि पाएका छन् ।