
१० असोज, हान्झाउ (चीन) । टी २० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी कायम गरेका छन् ।
चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा मल्लले टी–२० आईमा ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । सिंह ऐरीले १० बलमा ८ छक्का सहित ५२ रन बनाए ।
दीपेन्द्रले ९ बलमा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि भारतका युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका छन् ।