काठमाडौं । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सत्तारुढदलका एक सांसदका अनुसार अध्यादेशका पक्षमा अंकगणित स्पष्ट भैनसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीनै फेरेका छन् ।
राष्ट्रिय सभाको कार्यसूचिमा पनि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची फेरीएको छ । यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।