काठमाडाैँ । टी–२० सिरिजको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य प्राप्त गर्न नसक्दा नेपालले हार व्योहोरेको हो ।
वेष्ट इन्डिज ‘ए’ले दिएको लक्ष्य नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन, गुल्सन झाले २६, लोकेश बमले १७, आरिफ शेखले १२ र कुशल भुर्तेलले २ रन बनाए ।