काठमाडाैँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसदमा नेकपा एमालेको सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि माओवादी सांसदले रेकर्डबाट हटाउन माग गरेका थिए ।
तर, आज सभामुख देवराज घिमिरेले हिंसा संसदको रेकर्डबाट हटाउनु नपर्ने रुलिङ गरेपछि फेरी माओवादी सांसद संसदहरुले बैठक अवरुद्ध पारेका थिए ।
त्यसपछि सभामुख घिमिरेले सांसदहरुबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै भदौ ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।