काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । त्यस्तै आसिफ शेखले १७, रोहित पौडेलले १६, अनिल शाहले ७, कुशल मल्लले २, दीपेन्द्रसिंह ऐरीले १, गुल्सन झाले ५, आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे । भीम सार्कीले भने रन जोड्न सकेनन् ।