
१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगर 'स्थायी सेटलमेन्ट'का लागि अष्ट्रेलिया उडेका छन् ।
नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया उडेका हुन् ।
विमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्ड थिए । सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गरेका उनले राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि बनाएका छन् । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।
पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलियामै सेटल भएका छन् ।
यस अघि दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् ।