
मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पसिना बगाएर देश परिवर्तन गर्ने निलाे क्रान्ति सुरु भएकाे बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सुरु गरेकाे देशब्यापी जिर्ण परियाेजना निर्माणका लागि दबाब यात्राकाे मेलम्चीमा उद्घाटन गर्दै लामिछानेले पार्टीले सुरु गरेकाे दबाब यात्रा रगत नभएर पसिना बग्ने क्रान्ति भएकाे बताए ।
‘अहिले पनि यो देशमा क्रान्तिको खाँचो रहेको छ । अबको क्रान्तिमा रगत नभएर पसिना बग्ने छ,' उनले भने,' रास्वपा अनुमगन गरी फोटो खिच्न मात्रै मेलम्ची आएको हाेइन । समस्या पहिल्याएर त्यसको समाधानसहितको समाधान पत्र दिन्छाै ।'
यो देशमा धेरै रातो क्रान्तिहरु भएकाे भन्दै समापति लामिछानेले ति क्रान्तिहरुको कहिल्यै अवमूल्यन नगर्ने भन्दै हिजोको राता क्रान्तिहरुमा रगत बगे पनि अबको निला क्रान्तिहरुमा आफूहरु पसिना बगाउन चाहेकाे बताए । 'अब पसिनाले यो माटोलाई सिंचने बेला आएको छ,' उनले भने ।