१८ भदौ - ओडिआई अर्थात एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले सोमबार एक हजार रन पूरा गरेका छन् ।
सोमबार श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा भुर्तेलले एक हजार रन पूरा गरेका हुन् ।
एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन् । यसअघि नै कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार पूरा गरिसकेका छन् ।