भदाै २९ - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सिंहदरबारमा शुक्रबार भएको संसदीय सुनुवाइमा उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो । उनै शर्माको नाम आज सर्वसम्मतिले अनुमोदन भएको छ ।
त्यस्तै शर्माको नियुक्तिविरूद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी परेको थिएन।
शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।