बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ । झडपमा घाइते भएका वीरेन्द्र शाहको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
शुक्रबार कोरिया जानका लागि भाषा परिक्षा दिन पाउँ भनै ईपिएस कार्यालय परिसरमा आन्दोलनरत युवाहरुले एक्कासी सडकमा पुगेर सडक कै अवरुद्ध गरेका थियो । सो क्रममा उनीहरुले सार्वजनिक यातायातमा तोडफोड समेत गरेका थिए ।
आन्दोलनकै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पार्टीको कार्यक्रममा छोडेर सिंहदरबार फर्कँदै गरेको गाडीमा आगजनी गरेका थिए ।
त्यसपछि झनै उग्र भएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । तर पनि भिड नियन्त्रणमा लिन असमर्थ प्रहरीले गोली नै चलाएको थियो ।