काठमाडौं । नेपाल प्रेस युनियनले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको ’द डार्क फाइल’ शृङ्खला अन्तर्गत समाचार सामग्री हटाउन सर्वोच्च अदातले दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
मंगलबार प्रेस युनियनका महासचिव दिलिप पौडेलले जारी गरेको विज्ञप्तिमा उक्त आदेशप्रति ध्यानाकर्षण भएको जनाइएको छ । युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिधाकुरा डट कम अनलाइनमा प्रकाशित ‘द डार्क फाईल’सञ्चार सामग्रीको ‘तथ्य जाँच नगरी’ सामग्री हटाउन प्रेस काउन्सिल नेपालले दिएको निर्देशन र सर्वोच्च अदालतको आदेशप्रति नेपाल प्रेस युनियको गम्भीर ध्यानाकर्षण भएको छ ।’