काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षको अवसर पारेर ठमेल पुगेका छन् ।
ठमेल पर्यटन विकास परीषद् र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा आज ठमेलमा भएको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री लामिछाने दुबै बजार क्षेत्र आजैदेखि २४ सै घण्टा (पूर्णकालिन समय) खुलेको घोषणा समेत गरे ।
बजार पूर्णकालिन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ । मापदण्ड र आचारसंहिताले ठमेल र दरवारमार्ग क्षेत्रलाई आजको भन्दा राम्रो र पर्यटक मैत्री बनाउने र व्यवसायि तथा घरघनीको पनि हित हुने दुबै आयोजले विश्वास व्यक्त गरेका छन्।