पोखरा । पोखरामा रास्वपा आन्दोलन भड्काउँन प्रशासन नै उद्दत देखिएको छ । शनिवार रास्वपालाई कार्यक्रम गर्न सहमति गरेको ठाउँमा केहीबेर अघि एकाएक प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की जारि गरेको विज्ञप्ती अनुसार शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतफ) पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधीत क्षेत्र तोकिएको छ ।
यस्तै गैह्रापाटन आसपासका क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
शहिद चोकमा कार्यक्रम गर्न प्रशासनले नै दिएको थियो अनुमती
आइतबारको विरोध प्रदर्शन शहिद चोकमै गर्न जिल्ला प्रशासन कार्यालयले नै रास्वपालाई अनुमती दिएको रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराले बताए । शनिबार प्रशासनका अधिकारीहरु छलफल गरेरै प्रशासनको अनुमती अनुसारनै शहिद चोकमा कार्यक्रमा सुरु गरिएको थियो, तर प्रहरी प्रशासन डराएर एकाएक निषेधित क्षेत्र घोषणा गर्यो, रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराले भने ।