सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल

विष्णु ढुंगाना , लक्ष्मण गिरी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ । पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पुर्याएको थियो । 

सहकारी ठगीको प्रतिशोधपूर्ण र नियोजित मुद्दा बनाएर आफ्नो गल्ती ढाक्न सरकार लागि परेको ठहर गर्दै रास्वपा सडकमा उत्रिएको हो ।सभापति लामिछाने माथिको धरपकडलाई नेताहरूले परम्परागत भ्रष्ट नेता र पार्टी विरुद्ध बोल्दाको प्रतिशोध साँधेको र वैकल्पिक राजनीतिक शक्ति मास्ने प्रपञ्च गरिएको आरोप लगाएका छन् । 

काङ्ग्रेस र एमालेका केही नेताको भ्रष्टाचार आचरण र राजनीति दाउमा परेपछि रास्वपा माथि नियोजित षड्यन्त्र गर्न खोजिएको भन्दै नेताहरूले आफूहरूको साथमा उभिइन देश विदेशमा रहेको सबैमा अपिल समेत गरेका छन् । 

रविले न्याय पाउनेमा न्यायालयमाथि विश्वास रहे पनि सरकारमाथि विश्वास गर्ने ठाउँ नरहेको नेताहरूले बताए ।  पोखरामा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै उपसभापति डीपी अर्यालले रास्पवाका लागि सरकार मरेको र अब जनता र न्यायलयसँग मात्रै आशा बाँकी रहेको बताए । 

‘राजनीतिक प्रतिशोध साध्नकै लागि सभापति र रास्वपा विरुद्ध नियोजित आक्रमण भएको छ,’ उपसभापति अर्यालले भने,‘ हामी कानुनलाई सघाउँछौँ, न्यायलयप्रति विश्वस्त छौँ हामीले न्याय पाउँछौँ । तर, छेडखानीको सम्भावना कायमै छ । खबरदारी छोड्दैनौँ ।’ 

सोही विरोध सभालाई सम्बोधन गर्दै अर्का उपसभापति डा। स्वर्णिम वाग्लेले  रास्वपा सिध्याउन भ्रष्टहरू कम्मर कसेर लागेको भन्दै उनीहरु विरुद्ध एक भएर लड्ने बेला आएको बताए । ‘ युवाहरुलाई देशबाट लखेटेर भ्रष्टहरूको शासन चलाउन खोज्नेहरू रास्वपाबाट अत्तालिएका छन्,’ डा। वाग्लेले भने, ‘उनीहरु विरुद्ध देश विदेशमा भएका सबै सचेत र युवाहरू एकजुट भएर अन्तिम धक्का दिनुपर्नेछ ।’

सभालाई सम्बोधन गर्दै सहप्रवक्ता मनिष झाले रास्वपा विरुद्ध लाग्नेहरू सक्किने बताए । रास्वपा र सभापतिको न्यायका लागि आफू रगत बगाउन र शहीद हुन तयार रहेको तर अन्याय, अत्याचार र भ्रष्टहरूको प्रतिशोध विरुद्ध छाती थाप्ने उनले बताए । 

प्रधानमन्त्री केपी ओली र काङ्ग्रेसका महामन्त्री गगन थापले  नियोजित रुपमा आफ्नो राजनीति बचाउन रास्वपा र रवि विरुद्ध प्रतिशोध साधेको नेता झाले बताए ।  

रास्वपाको इमान्दारीतामाथि प्रश्न गर्ने गगन थापालाई उनले आफ्नै अनुहार र पार्टीतर्फ हेर्न चेतावनी समेत दिए । रास्वपाको आन्दोलनमा सत्तारुढबाट घुसपैठको सम्भाबना रहेको भन्दै उनले त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी दिए ।

रास्वपाका अर्का नेता एवम् पूर्वमन्त्री बिराजभक्त श्रेष्ठले रास्वपामाथिको गिद्दे नजरको प्रतिकार गर्ने बताए । रास्वपा अब एक सुन्दर नेपालको आन्दोलन भएको भन्दै उनले सरकारको प्रतिशोध शैह्य नहुने बताए । 

पोखरामै भएको विरोधसभामा बोल्दै रास्वपा सांसद हरी ढकालले यो देश केपी ओली र आरजु राणाको मात्रै नभएको बताए । रास्वपा माथिको धरपकड र प्रतिशोध फिर्ता नभए त्यो उनीहरुको हितमा नहुने उनको चेतावनी थियो । पोखरामा भएको विरोधसभामा हजारौँका संख्यामा नेता कार्यकर्ता रविको न्यायका लागि भेला भएका थिए । विरोध सभाको नेतृत्व रास्वपा उपसभापति डीपी अर्यालले गरेको पार्टीले जनाएको छ । 

यता, काठमाडौँको माइतीघर मण्डालामा पनि रास्वपाले विरोध प्रर्दशन गरेको छ । माइतीघरबाट सुरु भएको विरोध कार्यक्रम नयाँबानेश्वर पुगेर पुनः माइतीघर फर्किएर कोण सभामा परिणत भएको थियो । 

विरोध कार्यक्रममा बोल्दै नेताहरु शिशिर खनाल, अनिल केशरी शाह, गणेश कार्की,क्रान्तिशिखा धिताल, प्रदीप विष्ट, मेघ आले र मिलन लिम्बु लगायतले सम्बोधन गरेका थिए । 

उनीहरुले रवि लामिछानेलाई गलत प्रतिशोध साँधेर हजारौँ सहकारी पिडितको रकम फिर्ता नगर्न प्रपञ्च रचेको बताए । पूर्वमन्त्री एवम् सांसद शिशिर खनालले पार्टी र सभापतिमाथि अन्याय भएको बताए । राज्यले प्रतिशोधपूर्ण व्यवहार देखाएर पार्टी सभापति लामिछानेलाई जेल हालेको भन्दै उनले त्यसको विरुद्ध एक हुनुपर्ने बताए ।

‘सहकारी ठगीमा कुनै संलग्नता नरहेको अवस्थामा सभापतिलाई धरपकड गरिएको छ । संसदीय समितिले कुनै प्रमाण नभेटेको अवस्थामा सभापति माथि अन्यायपूर्ण व्यवहार गरिएको छ,’ नेता खनालेले भने, ‘हामी एक ठाउँमा जुटौँ अन्यायपूर्ण कार्यको प्रतिवाद गरौँ ।’ 

उनले रवि विरुद्धको धरपकडको गाउँ टोल देखि शहरसम्मबाट प्रतिवाद गर्न आवश्यक भएको बताए । अर्का नेता गणेश कार्कीले विधिको शासनको विरुद्ध गएर केही गर्न खोजिए प्रतिवाद हुने चेतावनी दिए । 

यस्तै नेतृ क्रान्तिशिखा धितालले बंगलादेशमा आन्दोलनले हशिना आमा लखेटिएको भन्दै यता बा लखेटिने परिस्थिति निर्माण भएको बताईन । काठमाडौमा भएको विरोध सभाको समन्वय सहमहामन्त्रीद्धय सुमना श्रेष्ठ र वीपिन अाचार्यले गरेका थिए ।

कार्यवहाक महामन्त्री बुर्लाकोटीकाअनुसार शनिबार देशका १३ प्रमुख सहर र सबै जसो जिल्ला सदरमुकाममा रास्वपाले सडक प्रर्दशन गरेको छ । सुर्खेत, कालिकोट, रुकुम पश्चिम, कञ्चनपुर, कैलाली, बाँके, बुटवल, पोखरा,काभ्रे, सुनसरी, झापा, वीरगञ्ज  लागायतका सहरमा पार्टी सभापतिको न्यायका लागि प्रर्दशन भएको उनले जानकारी दिए ।    


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||

  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....

Current Affairs

रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....

  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’