काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६८ वटा दरबन्दी अनावश्यक भएको भन्दै हटाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् ।
प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा सचिवालय रहेको विभिन्न दरबन्दी हटाइएको हो ।
शर्माले भनिन् ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’
यो सँगै प्रधानमन्त्रीले सचिवालयमा नियुक्त गरेका निजी स्वकीय सचिव देखि स्वकीय उपसचिवहरू समेत बालुवाटारबाट बिदा हुनु पर्ने छ ।
एक वर्षे कार्यकालमा प्रधानमन्त्री कार्यालयको कार्यशैलीको आलोचना भएपछि प्रधानमन्त्रीले कार्यालयको संरचना हेरफेर गर्ने बताएका थिए । प्रधानमन्त्रीकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालका विषयमा आलोचना हुने गरेको भएपनि उनलाई यथावता राखेर अन्य नियुक्ती हटाउने निर्णय गरेका हुन् ।
आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै