काठमाडौँ । नेपालको ठूलो मध्येको एक विशाल ग्रुपको ५ वटा कम्पनी हाँकीरहेका अभिनव सिंघानिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौँको नक्सालमा रहेको बाल मन्दिरको जग्गा अपचलन प्रकरणमा बिहीबार पक्राउ पुर्जी जारी भएका २० जनामध्ये सिंघानिया विशाल ग्रुपका उपल्लो पदका व्यक्ति हुन् । भारतकाे गुजरात घर भएका उनी पछिल्लाे ५ वर्ष देखि नेपालमा रहँदै आएका थिए । विशाल ग्रुपका सञ्चालकको टाढाको नातेदार रहेको उनी नेपालमा सो समूहको व्यापार फैलिएसँगै महत्वपूर्ण जिम्मेवारीसहित नेपाल आएका थिए ।
उनी ग्रुप अन्तर्गतकाे ५ वटा विभिन्न कम्पनीको प्रबन्ध निर्देशक छन् । सिधाकुरालाई प्राप्त विवरणअनुसार उक्त समूहले सञ्चालन गरिरहेको फर्मा एक्स नेपाल प्रा.ली, फर्मा लाईफ नेपाल प्रा.लि, राई स्कुल, शुकल्प इन्टरनेश्नल र बृहस्पति विद्यासदन स्कुलको प्रबन्ध निर्देशक सिंघानिया हुन् ।