११ असाेज, काठमाडौं : काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि काठमाडौँको वसन्तपुरमा भइरहेको इन्द्रजात्राको अवलोकन गर्न भीभीआईपीहरु हिँडेर पुगेका छन् ।
यसअघिका इन्द्रजात्रामा अवलोकन गर्न पुग्ने भीभीआईपीहरुको वसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेपनि यसपटक भने भीभीआईपीहरू हिँडेर नै इन्द्रजात्रा हेर्न पुगेका हुन्।
हिँडेर इन्द्रजात्रा हेर्न पुग्नेमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत रहेका छन् ।
हिँडेर पुगेका उनीहरूलाई काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।