काठमाडाैँ । प्रतिनिधसभा सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध हालेको रिट सर्वोच्चले खारेज गरेको छ । एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै सिंहले हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
बिहिबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्ट रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।
अदालतले एनसेललाई पारदर्शी ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
सांसद् सिंहले गत मङ्सिर २२ गते एनसेलको शेयर खरिदबिक्री रोक्न परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सो रिटलाई यसअघि मल्ल र ढुंगानाकै इजलासले पुस १ गते हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो। पुस ९ गतेको इजलासले निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको थियो । यहि इजलासले बिहिबार फैसला गरेको हो ।