
१५ असोज, काठमाडौं । काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट बाराका सवीर हुसेन घाइते भएका छन् । हुसेनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट कटुवा पेस्तोलसहित २ राउण्ड गोली समेत बरामद भएको छ । घइतेले आफूलाई रौतहटका नवल किशोर भन्ने व्यक्तिले छुरा प्रहार गरेको बयान दिएका छन् । छुरा प्रहार गर्ने व्यक्ति भने फरार छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।