वनमा लागेको डढेलोकाे असर वायुमा, देशका मुख्य सहरमा वायु प्रदुषण उच्च

सिधाकुरा

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ । काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ । 

“वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ”, थापाले भने । 

उनका अनुसार आज काठमाडौँ उपत्यकामा दरबारमार्गमा एक सय ८४, खुमलटारमा एक सय ५८, भक्तपुरमा क्यान्सर अस्पतालमा एक सय ७४, रत्नपार्कमा एक सय २० एक्यूआई मापन गरिएको छ । जुन स्वास्थ्यका दृष्टिकोणले अति अस्वस्थकर भएको उनको भनाइ छ । 

अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना घट्छन् । “असी प्रतिशत वन डढेलाको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन्  । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गरेको पाइन्छ”, उनले भने, “मध्य फागुनदेखि जेठ मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क हुनु जरुरी हुन्छ ।” उनले यतिबेला वन डढेलो, निर्माणधिन पूर्वाधारका साथै धुलो धुँलो, प्लाष्टिक बाल्दा तथा सवारी साधनका कारण पनि वायु प्रदूषण हुने गरेको बताए । 

“प्रदूषण कम गर्न सडक बिस्तार तथा निर्माणका साथै सवारी साधन जाँचपासमा पनि ध्यान दिन जरुरी छ”, उनले भने, “प्रदूषण नियन्त्रणका योजनाको उचित कार्यान्वयनका आवश्यक छ ।” सडक निर्माण÷बिस्तार व्यवस्थित नहुनु, सडक व्यवस्थापनको सट्टा बिस्तारमा मात्र जोड नदिनु, वातावरणमैत्री सवारी साधनलाई प्राथमिकता नदिनुलगायतका समस्याले पनि वायु प्रदूषण नियन्त्रणमा समस्या भएका उनको बुझाइ छ ।

मौसमविद् वरुण पौडेलले अझै एक सातासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताए । “तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातोहावा चल्ने सम्भावना छ । यसले डढेलो बढाउनसक्छ”, उनले भने।

डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरमा वायू प्रदूषण देखिएको हो । उनका अनुसार बढ्दो डढेलाको धुँवाका कारण वायु प्रदूषण हुने र प्रदूषणले आँखा पोल्ने समस्या हुनसक्छ ।  

अमेरिकास्थित द नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)को वेवसाइटको तथ्याङ्कअनुसार सोमबार दिउँसो मुलुकका विभिन्न एक सय ३० स्थानमा डढेलो लागिरहेको छ । “केही दिनदेखि नेपालमा सुक्खा बढिरहेको छ, तीन दिनयता वन डढेला पनि बढेको छ, आइतबार पनि एक सय पाँच स्थानका वनमा डढेलो लागेको थियो”, उनले भने, “बढ्दो डढेलोका कारण वायु प्रदूषण बढेको छ । सुक्खा अझै बढ्दै गए डढेलो नियन्त्रणमा समस्या आउनसक्छ ।” प्रदूषण नियन्त्रणका गर्नका लागि डढेलो नियन्त्रण गर्न जरुरी रहेको शर्माले बताए । 

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले वायु गुणस्तर सुधारका लागि राज्यको पर्याप्त लगानी नहुनु, मानवीय चेतनाको कमी, अन्तरनिकायबीच समन्वयको अभावले समस्या उत्पन्न भएको बताउँछन् । “विभिन्न आयोजना निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रावधान, फोहोर मैला व्यवस्थापनसम्बन्धी स्थानीय सरकारका नियम, वातावरणीय मापदण्डलगायतको प्रभावकारी कार्यन्वयन नहुँदा प्रदूषण बढिरहेको छ”,उनले भने, “प्रदूषण कम गर्नका लागि मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी रुपमा अनुगमन गर्न समन्वय भइरहेको छ ।”

उनले पनि वन डढेलोका कारण प्रदूषण बढिरहेकाले डढेलो नियन्त्रणका लागि व्यापक प्रचारप्रसारका गतिविधि अगाडि बढाउने सरकारी नीति आवश्यक भएको बताए । 

छातिरोग विषेशज्ञ डा निरज बमले प्रदूषणका कारण मानवीय स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम रहेको बताए । “वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात हुने समस्या देखिनसक्छ”, उनले भने “त्यसबाहेक आँखा र छाला चिलाउनेलगायतका समस्या पनि देखिन्छन् । प्रदूषणको समयमा यसप्रकारका रोगीहरु सर्तक रहन जरुरी छ ।” उनले प्रदूषणको समयमा सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न र बिहानको समयमा बढी प्रदूषण हुने भएकाले ‘मर्निङ वाक’मा ढिलो गरी निस्कन आग्रह गरे । 

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिइन्छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर नजलाउने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ मा प्रदूषण कम गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रसायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शाङ्कन गरिनेछ रणनीतिमा भनिएको छ । 

औद्योगिक तथा अन्य क्षेत्रबाट निष्कासन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था तथा उद्योग र अन्य व्यवसायबाट निष्कासन हुने प्रदूषणयुक्त धुँवा, धूलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ  नीतिमा उल्लेख छ । घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य तथा  विद्युतीय चुल्हो, बायोग्याँस, सुधारिएको चुल्हो, चिम्नी जस्ता उपकरणहरूको प्रवद्र्धन गरिने र ऊर्जा किफायती भवन  निर्माणमा जोड दिइनेछ समेत सरकारको नीति छ ।

प्रदूषण नियन्त्रणका लागि उत्सर्जन स्थल नक्साङ्कनका लागि विक्षेपण जस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुनःप्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर बिसर्जन क्षेत्र, हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रको माध्यमबाट सुरक्षित तरिकाले बिसर्जन गरिने तथा औधोगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र  स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||