
रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह पद मुक्त भएकी छिन् । उनि आम जनता पार्टीका नेता प्रभु साहकी श्रीमती हुन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचित पार्टी एमालेबाट अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वत रिक्त भएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेको भन्दै पद खारेजीका माग गदै नेकपा एमालेले आयोगमा निवदेन दिएको थियो ।
स्थानीय तहको चुनावका बेला प्रभु साहले मधेशमा एमालेबाट विद्रोह गरेका थिए । पछि उनले एमाले त्याग गरी आम जनता पार्टी गठन गरेका थिए ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम साहको पद स्वतः रिक्त भएको जनाएको छ ।