एपीवान टेलिभिजनले सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम प्रसारणमा रोक लगाएको छ ।
एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको भुषण दाहालको कार्यक्रम ‘द ब्राभो डेल्टा शो’ मा दुर्गा प्रसाईँसँगको अन्तर्वार्ता एपीवान टेलिभिजनले प्रसारणमा रोक लगाएपछि सञ्चारकर्मी भुषण दाहालले सामाजिक संजाल फेसबुकमा ३५ बर्षको टेलिभिजन करिअरमा पहिलो पटक यस्तो भएको बताएका छन् ।
ब्रेकिङ् न्यूज लेख्दै उनले लेखेका छन्, ‘ ‘३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवानबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’
कार्यक्रमको प्रोमो सेयर गर्दै उनले एपीवान टेलिभिजनले प्रसारणमा रोक लगाएको कार्यक्रम साझा कथा युट्युब च्यानलबाट प्रसारण हुने समेत बताएका छन् ।
‘ब्राभो डेल्टा शो’ एपीवान टेलिभिजनसँगै साझा कथाबाट प्रशारण हुँदै आएको थियो ।