१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल भिड्ने भएका छन् ।
यसअघि अध्यक्षमा उम्मेदवारी दिएका केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार रहेका छन् ।
आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी चलेको निर्वाचन कमिटीले जनाएको छ ।