१६ भदाै - एसिया कपको भारतविरुद्धको खेलमा ऐतिहासिक ५८ रन बनाएर आसिफ शेख आउट भएका छन् । उनले ९७ बलमा उक्त रन बनाएका हुन् ।
९७ बलमा ८ चौका हानेका आशिफ ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए।
एसिया कपमा भारतविरुद्ध ब्याटर आसिफ शेखले अर्धशतक पुरा गरेर बाहिरिएका हुन् । खेलको ओपनरका रुपमा रहेका उनले ८८ बलमा अर्धशतक पुरा गरेका हुन् ।
नेपालले हालसम्म १३२ रन बनाएको छ ।