काठमाडौँ । टी–२० खेलको अन्तिम खेलमा वेष्टइण्डिज ए ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो ।
वेष्टइण्डिज ए का एलिक एथानाजेले ४२ रन, रोस्टन चेसले ३३, जोनसन चार्ल्सले २४, कदिम एलियन र मार्क दयालले समान ११ रन बनाए । त्यस्तै म्याथ्फु फर्डले २३, फबिएन एलेनले ३ र गुणाकेश मोती १ रन जोडे ।
बलिङतर्फ सोमपाल कामी र स्पिनर सागर ढकालले समान ३ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए ।
उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।
आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।