इजराइलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। शनिबार मध्यरात इरानले इसरायलमाथि ३ सय भन्दा बढी ड्रोन र मिसाइलहरू आक्रमण गरेपछि दुतावासले एक सूचना जारी गर्दै आग्रह गरेको हो ।
आइतबार दुतावासले एक सूचना जारी गर्दै भनेको छ, ‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्। आगामी सोमबार राती ११ बजे सम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।’
त्यस्तै अत्यावश्यक परेमा दूतावासमा सम्पर्क गर्न भन्दै २ नम्बर पनि उपलब्ध गराइएको छ । द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० नम्बरमा र सहचारी संजयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ।