पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा। स्वर्णिम वाग्लेले भ्रष्टहरूको समूहले रास्वपा र नयाँ राजनीतिक संस्कार मास्ने महाअभियान चलाएको बताएका छन् ।
पार्टी सभापति पक्राउको विरोधमा कास्कीको पोखरामा आयोजित वृहत विरोध सभामा सम्बोधन गर्दै नेता वाग्लेले यस्तो बताएका हुन् । आफ्नो अकुत भ्रष्टाचार र असक्षमता लुकाउन रास्वपालाई मास्ने, लखेट्ने र दबाउने महाभियानमा लागेको भन्दै यसमा सचेत भएर प्रतिकार गर्न उनले आम जनतालाई अपिल गरे ।
वर्षमा १० लाख भन्दा धेरै युवा देश छाडेर जाने कुसंस्कृत समाज बनाएका दलहरूले रास्वपा सभापतिलाई एक दिन भने पनि थुन्नै पर्ने भन्ने हिसाबले प्रतिशोध साँधेको वाग्लेको भनाई छ । ‘देश रित्याएर भ्रष्टहरूले शासन चलाउने कुचेष्टा विरुद्ध प्रतिराेध गर्नु पर्नेछ,’ नेता वाग्लेले भने, ‘ भ्रष्टहरू हामीलाई मास्ने, लखेट्ने र दबाउने महाअभियानमा लागेका छन् न्यायलय र जनतामाथि भरोसा छ ।’
पार्टी सभापति रवि लामिछाने माथि लगाइएको आरोप झुटो भएको भन्दै उनले सो मुद्दा हालका मन्त्रिपरिषद्मा भएका सदस्यहरूलाई लगाउनु पर्ने बताए ।
नेपाली जनतालाई विदेशी बनाएर बेच्नेलाई सङ्गठित आरोप नलगाएर मन्त्रिपरिषद्मा राख्ने र रविलाई हतकडी लगाउने कार्यबारे स्पष्ट हुन नेता वाग्लेले जनतालाई आग्रह गरे ।