‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

सिधाकुरा

अर्घाखाँची । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन् । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उनलाई ।

विदेश जाने भनेर घरबाट निस्किएका उनी विदेश पुग्न त पाएनन्, झण्डै यस संसारबाटै सदाको लागि बिदा हुनुपरेको थियो । विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने उनको सपना त पूरा भएन नै । विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाउनुप¥यो । भाग्यले बाँचेका ऋषि अहिले आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन् । दुईवटा वैशाखीको भरमा उनको जिन्दगी चलिरहेको छ ।

विदेश जानका लागि उनी काठमाडौँ पुगिसकेका थिए । २०७२ वैशाख १४ गते उनको उडान थियो । हवाई टिकट र मेडिकल रिपोर्ट पनि आइसकेको थियो । दिउँसो नयाँबानेश्वरमा साथी भेट्ने योजना बनिसकेकाले बिहान होटलमा खाना खाएर बाहिर निस्कनै लाग्दा सिङ्गो घरै घुम्न थाल्यो । रिङ्गटा लागेर भाउन्न भएजस्तो भयो । खै के भएको हो कुरा नबुझ्दै उनी बसेको गोङ्गबु नयाँबसर्पाकस्थित सयपत्री होटलको भवन गर्ल्याम्मै ढल्यो ।

अलिपछि थाहा पाउँदा ऋषि खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो । अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो । अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन । आफू बसेको होटल लडेको र आफू त्यसमै च्यापिएको उनलाई थाहा भयो । उनी सम्झन्छन्, “सक्दो चिच्याए । तर अहँ कसैले सुनेन ।” अवस्था सुन्ने खालको पनि त थिएन ।

वैशाख १२ गतेको भूकम्पमा गोङ्गबु क्षेत्रमा धेरै घर भत्किएका थिए । अवस्था कस्तो थियो भने उहाँ होसमा आएको केही घण्टामा मोबाइल बज्यो तर मोबाइल झिक्न हात गोजीसम्म पु¥याउन सक्ने अवस्था नै थिएन । भोक प्यासको कुनै सीमा नै थिएन । बाँच्नका लागि हरसम्भव उपाय गर्दा पनि कुनै विकल्प थिएन । मर्नुभन्दा बौलाउनु निको भनेझैँ उनले कतिपटक त आफ्नै पिसाब पिएर पनि प्यास मेट्नुप¥यो ।

जतिबेला होसमा आएको थियो, त्यसपछि बाहिर निस्कन अनेक कोसिस गर्दा सम्भव थिएन । विस्तारै केही आवाज आएजस्तो सुनिन्थ्यो । अब त बाँचिन्छ कि भन्ने आश पलाउँथ्यो, उनी गुहार माग्दै चिच्याउँथे तर बाहिर कसैले सुन्न सक्ने अवस्था थिएन । पछि थाहा भयो, त्यो आवाज घर भत्काउन आएको डोजरको थियो । डोजरको आवाज सुन्दा पनि उनलाई भगवान् आएजस्तो लाग्थ्यो ।

दिनरात कुनै याद भएन । उनको अनुमानमा दुई दिनपछि केही शव गन्हाउन थालेका थिए । तर विस्तारै नाकले गन्ध पनि खुट्याउन छोडेको थियो । बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो । पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आएको उनी बताउँछन्। पुरिएको तीन दिनसम्म पनि आफ्नो उद्धार गर्न आउने मानिसको चाल नपाएपछि उनलाई बाँच्ने आश मरिसकेको थियो । उनलाई अब कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाडेको थियो ।

बेला–बेलामा आउने आवाजको पनि विश्वास लाग्न छाड्यो । शरीर पूरै सेतो भइसक्यो, छाम्दा पनि छाला नै आउँलाजस्तो लाग्थ्यो । “मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ । तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा निकै कष्टदायी हुने रहेछ”, उनी भनछन् ।

तीन दिनपछि अचानक कतैबाट उज्यालोका किरण उनको आङसम्म परे । कस्तो अचम्म । अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउँलाजस्तो भयो । उनी सम्झन्छन्, “म बोल्न सक्ने अवस्थामा थिइन । विस्तारै जीवनका किरण छिराएको त्यो प्वाल अलि ठूलो भयो । कोही बोल्यो, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ । लाइट ल्याउ, लाइट ल्याउ, अक्सिजन ल्याउ’ आदि–आदि ।”

अलिबेरमा उनलाई एउटा पाइपबाट अक्सिजन आयो । अक्सिजन आउन थालेपछि खाना खाएजस्तो लागेको उनी सम्झन्छन् । सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो । कसैले उनको मुखसम्म पानी पु¥यायो । झण्डै ८२ घण्टासम्म घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाब पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो हो रु यसको केवल अनुमान मात्र गर्न सकिन्छ ।

वैशाख १२ गते पुरिएका ऋषिको १६ गते उद्धार भएको थियो । ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो । उनीसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो । उनी भन्छन्, “खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थे होला ।” ऋषिले राति १२ बजे घरमा फोन गरे । आमाको बोली सुन्दा आवाजै निस्केन । श्रीमतीसँगको फोन वार्तामा पनि मात्र सुकसुक निस्कियो ।

गोङ्गबुमा रहेको भूकम्पले भत्किएको साततले गेष्ट हाउसले च्यापिएका जीवितै उद्धार भएको विभिन्न सञ्चारमाध्यममा समाचार पनि बन्यो । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरेको थियो । अहिले उनलाई पुर्नजीवन पाएकामा खुसीको कुनै सीमा त छैन नै तर त्यसले मात्रै छाक टर्ने रहनेछ । अहिले बाँचनका लागि पनि उत्तिकै सङ्घर्ष गरिरहनुपरेको छ । अहिले आफूलाई दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको उनको भनाइ छ । कहिलेकाहीँ त उनलाई लाग्छ, ‘बरु उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् ।’

उपचारका लागि उहाँ पटक–पटक काठमाडौँ जानुपरेको थियो । उनको उपचारको क्रममा एउटा खुट्टा काटिएको छ । त्यतिबेला उपचार खर्च त सरकारले व्यहोरेको थियो तर काठमाडौँ आउजाउ, औषधि खर्च गर्दा पाँच लाखभन्दा बढी खर्च लागेको छ । विगत भुल्ने प्रयास गरे पनि ऋषिलाई भविष्यकै चिन्ता छ । उनलाई कुनै सीप सिकेर जीविकोपार्जन गर्न पाए हुन्थ्यो भन्ने लाग्दछ । काठमाडौँमा विभिन्न सङ्घसंस्थाले निःशुल्क सीपमूलक तालिम दिने बताएका थिए तर ती संस्थाले सम्पर्क नै गरेनन्, कसैको आश गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको ।

काठमाडौँमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरुले सीपमूलक तालिम लिन नसकेको उनले बताए । “खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर अङ्गभङ्ग भएकाहरुले सीप सिकेर केही काम गरेर खान सक्ने थियौँ”, उनी भन्छन् । सरकारले अपाङ्गहरुलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाइदिनुपर्ने उनको माग छ ।

उनलाई कतैबाट सहयोग त आएन नै, सामान्य प्रक्रियाबाट पाइने अपाङ्ग परिचयपत्रसमेत उनले अहिलेसम्म पाएको छैन । “अपाङ्ग परिचयपत्र पनि पाउन नसक्ने हामी कति अभागी । ‘क’ वर्गको परिचयपत्र भए चार हजार मासिक त आउने थियो त्यही पनि छैन । कसले हेर्छ र हामीलाई रु सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्छ भनेर भन्छ, खै त हामीलाई सहयोग गरेको रु” आँखाभरि आँसु पार्दै उनले भने ।

उनका दुई छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन् । जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दैछन् । “मेरो बारेमा प्रचार सामग्री बनाएर धेरैले लाखौँ आम्दानी गरेका छन्”, आफ्नो दुःखकष्ट बेचेर धेरै जना लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ । उनले भने, “भेटेको बेला सबैले सहयोग गर्छौं भन्छन् तर कसैले गर्दैनन् । गाउँमा बसेको छु विदेश पनि जान सकिन । गोरखा भूकम्पले मेरो जीवन अधकल्चो पा¥यो ।”

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....