दैलेख । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउपालिकामा यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोलाको छेउमा लहलह झुलेका धानका फाँट निकै मनमोहक देखिएको छ । यतिबेला किसानहरु कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न व्यस्त देखिन्छन् ।
दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउपालिकाका स्थानिय भुपाल बहादुर थापा बताउँछन । पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले समग्र कृषि पेशामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ । दैलेखमा सुन्तला, कागती पनि प्रमुख खेतिको रुपमा रहेको छ।