
मकवानपुर । बागमति प्रदेश राजधानी हेटौंडाको मदन भदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले सेवाग्राहीलाई ठगी गरेको तथ्य फेला परेको छ हेटौंडा अस्पतालले औषधिजन्य सामग्रीमा अधिकतम् मूल्यभन्दा बढी रकम लिएर सर्वसाधारणलाई ठगी गरिएको पाइएको हो ।
सिधाकुरा टिमलाई औषधिमा अस्पतालले ठगी गरेको गुनासो गरेपछि हाम्रो टिम मंगलबार हेटौँंडा अस्पतालको फार्मेसीमा औषधि खरीद गर्न पुगेका थियो । लोमस् कम्पनीले उत्पादन गरेको १०० एमएल SALHIM 0.9 नामक औषधिको ३३ रुपैया अधिकतम् मूल्य थियो । तर अस्पतालले अस्पतालले ४५ रुपैया साठी पैसा मूल्य लियो ।

हामीले सोही अस्पतालमै फुसडर्म एच क्रिम खरीद गरेका थियौँ । यसमा पनि अस्पतालले हामीलाई ५ ग्रामको मल्हम दिएर १५ ग्रामको बिल थमायो । ५ ग्रामको मल्हम दिएर १५ ग्रामको बिल र ३३ रुपैयाँको औषधिलाई ४५ रुपैयाँ ६० पैसा असुलेपछि हामीले फार्मेसी इन्चार्ज विकासकुमार लामालाई प्रश्न गर्यौँ ।

फार्मेसीमा आउने सबै औषधिजन्य सामग्रीको मूल्य स्टोर शाखाले तोक्ने र सोही अनुसार आफूहरुले बिक्री गर्ने गरेको जवाफपछि हामीले स्टोर प्रमुख समक्ष फार्मेसी इन्चार्जसहित पुग्यौँ । उनले गल्ती भएको स्वीकार गरे ।
उनले १०० एमएल SALHIM 0.9 ८ सय वटा आएको र सो मध्ये ७ सयवटा विक्री भएको स्वीकार गरे । यता अस्पतालका निमित्त निर्देशक श्रीधर अर्यालले जनता ठगिएकोप्रति कुनै चिन्ता व्यक्त गरेनन् । उनले भने, ‘विल लिएर आए १२ रुपैयाँ साठी पैसाको दरले रकम फिर्ता हुन्छ ।’
सरकारी स्वामित्वको अस्पतालमा जनता ठगिनु साधारण कुरो हुँदै होईन, गम्भीर विषय हो । तर विभिन्न बहाना गरेर, सप्लायर्समाथि दोष थुपारेर हेटौँडा अस्पतालले कसरी नागरिकलाई लुटिरहेको छ भन्ने छर्लङ्ग भएको छ ।
हेटौँडा अस्पतालत्रिको खनियमितता यतिमा मात्रै सिमित छैन । अस्पतालले थाईराईड सम्बन्धि औषधि थाईरोनिक्स–५० macleods कम्पनीकोलागि टेण्डर खुलाएको थियो ।
तर अस्पतालमा सुनसरी दुहबीमा रहेको फार्मोनिक्स लाईफ साईन्सेज्बाट उत्पादित औषधि सर्वसाधारणलाई बिक्री गरिरहेको छ । स्टोर इन्चार्जले यो औषधि अघिल्लो आर्थिक बर्षको रहेको दाबी गरे । तर गत चैत्र १८ गते मात्रै हेटौंडा अस्पतालले ७८ हजार ५ सय रुपैयाँको यो औषधि ५०० वटा खरीद गरेको अर्को प्रमाण भेटिएको छ ।
