काठमाडाैँ : रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन् । छोरा मरे, न्याय मरेन भन्दै उनीहरुले काठमाडौँमा धन्यवाद सभासहित र्यालीको आयोेजना गरेका हुन् ।
शुक्रबार उनीहरुले भृकुटीमण्डपदेखि सुरु गरेको र्याली बाजागाजा सहित शान्तिबाटीकापुगेर समापन गरेका थिए । २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए ।
जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्दकैदको सजाय सुनाएको थियो । धन्यवाद सभामा नवराज विकका बुबा मोहन बिकले आफुले न्याय पाएको भन्दै खुसी व्यक्त गरे । अदालतको फैसलाले उचित न्यायको महशुस भएको भन्दै आफुहरुलाई समर्थन गर्ने सवैलाई उनले धन्यवाद दिए ।
उनले अदालतको फैसलापछि प्रहरी प्रशासनले आवश्यक समयमा सुरक्षा प्रदान गरिरहेको समेत बताए ।