कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले प्रयोग गर्ने सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको छ ।
जिपको ठक्करबाट भजनी नगरपालिका–४, झलझलियाकि ७ वर्षीय बालिका मेनुका भण्डारी घाइते भएकी छन् । गाउँपालिका अध्यक्ष उपाध्यायलाई उनको घोडाघोडी नगरपालिका ७ हरिनगरमा रहेको घरमा पुर्याएर फर्कदै गर्दा शनिवार बिहान ९ः३५ बजे जिपले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
घाइते भण्डारीको स्थानीय घोडाघोडी अस्पताल प्रा.लि. सुखडमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
जिप चालक २६ वर्षीय रेशमबहादुर आचार्य र जिप प्रहरीको नियन्त्रणमा छ । सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलाएको र सोही गाडीले बालिकालाई ठक्कर दिएपछि गाउँपालिका अध्यक्ष उपाध्यायको चर्का आलोचना भईरहेको छ ।