
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ ।
बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएबमोजिम जिल्ला अदालत काठमाडौँमा ३० लाख धरौटी बुझाएका खाँणलाई विभागले समेत १५ लाख रुपैयाँ धरौटी मागेको थियो । सोहीअनुरुप विभागमा समेत १५ लाख धरौटी बुझाएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छोडेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।