मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा पानी पर्ने तथा कोशी, मधेश, बागमती र लुम्बनिीमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटनिअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बनिी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखी मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहति भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाको बुलेटनिअनुसार राति देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । रातिलाई कतै भारी वर्षाको सम्भावना देखएिको छैन ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसोतिर वर्षाको सम्भावना देखिएको छ ।
उपत्यकामा आज हल्का तथा क्षणकि वर्षाको मात्र सम्भावना छ ।