काठमाडौं । बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेको मुद्दामा आइतबारका लागि फाइनल पेसी तोकिएको छ । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार दुबै पक्षले बहस नोट अदालतमा बुझाइसकेकाले सम्भवत आज फाइनल सुनुवाई सुरु हुने छ ।
काठमाडौँ जिल्ला अदालतले कातिकमा दुबै पक्षलाई मंसिर २२ भित्र बहस नोट बुझाउन आदेश गरेको थियो ।
कुनै कानुन व्यवसायीले चितवनमा बार सम्मेलनमा जानु पर्ने कारण देखाएर स्थगनको अपिल नगरेको खण्डमा आजबाट सुनुवाई हुन सक्ने घिमिरेले बताए ।