६० किलो सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ ।
सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले समिति गठन गर्नेसँगै समितिको मस्यौदा तयार पार्न कार्यदल बनाउने समेत सहमति गरेको हो ।
कार्यदलमा को को ?
कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहने सहमति भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
कार्यदलले समितिको काम, कर्तव्य र अधिकारसँगै समितिमा रहने सदस्यहरुको योग्यता टुंगो लगाउने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
अब संसद खुल्छ: नेताहरु
बैठकपछि बाहिरिँदै नेताहरुले सोमबार राति भएका सहमति अनुसार सरकार अघि बढे मङ्गलबारबाट संसद अवरोध हट्ने बताएका छन् ।
बैठकबाट पछि एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समिति बनाउन सरकार सकारात्मक देखिएको र सहमतिमा कायम रह्यो भने मंगलबार सदन खुल्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समिति बनाउन सबै दल सहमत भएपछि अब संसद खुल्नेमा आँफु विश्वस्त रहेको बताए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार सोमबार भएका छलफल अनुसार मस्यौदा तयार पारिने र मंगलरबार पुन बैठक बसी टुंगो लगाइने छ ।