काठमाडाैँ । आजै नयाँ मन्त्रीहरूले सपथ लिने तयार भएको नेकपा एमालेको उपाध्यक्ष डा सुरेन्द्र पाण्डेले जनाएका छन् ।
नेकपा एमालेको सचिवालय बैठकपछि फेसबुक मार्फत पाण्डेले सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिने जनाएका हुन् ।
पाण्डेले सरकार परिवर्तन वा नयाँ मन्त्रिपरिषद् भने आजै नबन्ने संकेत गरेका छन् ।
आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूले नयाँ सत्ता समझदारीका लागि सहमति गरेका थिए ।