‘श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, गुणस्तर नै प्रमाणित नभएको तेलकोे उत्पादन र वितरण रोक्नुपर्छ’

लक्ष्मण गिरी

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भ्रामक प्रचार प्रसार गरेर जनता ठगी गर्ने श्री केश तेलको उत्पादन र वितरणमा रोक लगाउनु पर्ने बताएका छन् । 


गुणस्तर प्रमाणका आधारहरु पेश गर्न नसकेको भन्दै काठमाडौँ महानगरपालिकाको अध्ययनले सो तेलमाथि २ लाख रुपैयाँ जरिवाना गर्दै थप काराबाही सिफारिस गरेपछि यो तेलको गुणस्तर विवाद चर्किएको हाे । 

यसै विषयमा सिधाकुरासँग कुरा गर्दै अध्यक्ष मर्हजनले मञ्चमा पनि तेलको गुणस्तरमाथि प्रश्न उठाउँदै कयौँ उजुरीहरु आएको बताए । आफूहरुकै उजुरीका आधारमा सो तेल माथि नियमक निकायले जरिवानासमेत तिराइसकेको उनको भनाई छ । नियमकबाट पटक पटक कारबाही भोगेको र गुणस्तरमा प्रशस्त आशंका रहेको सो तेल उत्पादन र वितरण पूर्णरुपले रोक लगाउनुपर्ने उनको माग छ । 

‘मञ्चसामू करिब ६ महिनाअघि श्री केशबारे उजुरी परेको र आफूहरुले  त्यसबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराएका थियौँ,’ अध्यक्ष महर्जनले भने, विभागले पनि तेललाई जरिवाना गराएको छ । अन्य निकायले पनि यो तेलमाथि कारबाही चलाएका छन् । यस्तो अवस्थामा यो तेलको उत्पादन र बिक्रि वितरणमा रोक लगाउनु पर्छ ।’ 

अध्यक्ष महर्जनले विवादित तेलको प्रचार प्रसारमा नेपालका अधिकांश राजनीतिक दलका नेता तथा कलाकारहरु संलग्न रहेका कारण उनीहरुमाथि समेत छानबिन हुनुपर्ने बताए । 

देशका उच्चपदस्थ नेतादेखि हाई प्रोफाइलका कलाकारसमेत प्रचार प्रसारमा संलग्न भएपनि यसको नियमन गर्ने सरकारी निकायले काम गनुपर्ने उनको भनाई छ । तर, तत्काल कारबाही गर्न नियमक निकाय किन चुप बसेको भन्ने कुराको अर्थ आफूले नबुझेको अध्यक्ष महर्जनले बताए । 

मञ्चका अध्यक्ष महर्जनसँग सिधाकुराले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ :

यो श्री केश तेल कपालमा लगाउने प्रसोधन गरिएको तेल भनिएको छ । यो लगाउँदा कपाल झर्नबाट रोक्ने र कपाल झरेको टाउकोमा नयाँ कपाल उम्रिने दाबी गरिएको छ ।     

यो तेलको बारेमा राष्ट्रिय उपभोक्ता मञ्चमा गुनासो आएको करिब ६÷७ महिना भइसकेको थियो । त्यही बेलामै वाणिज्य विभागलाई अनुगमन गरि कारवाही गरि पाउँ भनी हामीले भनेका थियौँ । त्यस लगत्तै वाणिज्य विभागले अनुगमन पनि गर्यो । तर, अहिले काठमाडौँ महानगरपालिका र वाणिज्य विभागले बेग्लाबेग्लै समयमा गरेको अनुगमनले महानगरपालिकाले यसलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । 

त्यस्तै, वाणिज्य विभागले पनि ५० हजार रुपैँया जरिवाना गरेको अवस्था छ । हामीले पनि के भनेका थियौं भने यो तेलमा दाबी गरिएको समिश्रणहरु जुन मापदण्ड अनुसार हुनुपर्ने थियो त्यो होइन थिएन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत तेलको बारेमा मापदण्ड तोकेको छ ।

त्यो परिधि भित्र यो छ छैन भनेर कहिँ कतैबाट यसले प्रमाणित गर्न सकेको छैन । उत्पादकले एकोहोरो गुणस्तरीय भनी दाबी गरिएको  तेल स्वास्थ्य र उपभोग दुवै हिसाबले जोखिमपूर्ण छ । यसरी अनाधिकृत रुपमा जसरी उसले आफ्नो वस्तुको बारेमा दाबी गरेर आम उपभोत्ताको हित विपरित काम गर्दै आएको छ, त्यो नै उसको अपराध हो ।

श्री केशले गरिरहेको कार्य उपभोत्ता संरक्षण ऐन २०७५, खाद्य संस्था ऐन २०८१ र अन्य प्रचलित कानुनको हकमा पनि प्रतिकुल छ । अर्थात यी कानुनहरु उसले उल्लङ्घंन गरेको अवस्था छ । उसले सौन्दर्य प्रसोधनका लागि नियमनकारी निकायबाट स्विकृति लिनुपर्ने थियो । त्यस्तै, कम्पनीले उक्त तेलले टाउको दुखाईं समेत निको हुन्छ, कपाल कालो हुन्छ भन्ने दाबी समेत गर्दै आएको छ ।

त्यसो हो भने औषधी व्यवस्था विभागमा जानुपर्ने हो कि ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जानु पर्ने हो कि ? वाणिज्य विभागमा जानु पर्ने हो कि ?, कहिँ न कहिँ उसले यो तेलको गुणस्तर प्रमाणीत गरेको हुनुपर्ने थियो, त्यो गरेकै पाइएन ।

जब उसले सरकार समक्ष गएर गुणस्तर नै प्रमाणित गरेको छैन भने उसले आफुले आफैँलाई यो तेल गुणस्तरिय छ भनेर उपभोत्तालाई ढाट्न पाइँदैन । उपभोत्ता संरक्षण ऐन २०७५ ले, ढाँटेर छलेर कसैले व्यापार गर्छ भने त्यो अपराध हो भनेर भनेको छ । त्यस्तो अपराध गरेको छ भनेर २ लाख रुपैयाँ त जरिवाना नै भयो र पटक पटक यो अपराध गरेको छ भने उसको उत्पादन ३ महिनाको लागि निलम्बन गर्न सकिन्छ अथवा त्यो उत्पादन ३ महिनाको लागि बन्द गराउन सकिन्छ । वितरणमा रोक लगाउन सकिन्छ । तर त्यो गरेको पाइएको छैन । मलाई अचम्म लागिरहेको छ जब २÷२ वटा नियमन निकायले कारवाहीको दायरामा ल्याइसकेपछि पनि सरकारी निकाय भने चुप लागेर बसेका छन् । 

अर्कातिर के छ भने, श्री केश तेलको विज्ञापन जुन बजारमा आइरहेको छ, त्यो विज्ञापन हेर्दा त यो कहीँ न कहीँ उपल्लो तहसम्म पहुँँच भएको व्यक्तिको संगतमा यो चलिरहेको छ । यो तेल जसले उत्पादन र वितरण गरिरहेको छ । त्यसको उठबस कहीँ न कहीँ माथिल्लो तहको व्यक्तिसँग छ वा भनौँ नेपालमा यस्ता तेलहरु जतिपनि बेच्न सक्छ्ु भनेर आँट गरेर आएको मान्छे यसको उत्पादक हुनुपर्छ । 

आम उपभोक्ताहरुलाई म भन्न चाहान्छु तपाईँहरु श्री केशको भ्रमित पार्ने विज्ञापनहरु हेरेर,उक्त वस्तु्को गुणस्तरीयता प्रमाणित नै नभएको कुरालाई नपत्याएर प्रयोग गर्नुभयो भने तपाईँहरुको पैसा त नास भयो भयो,स्वास्थ्यमा पनि ठूलो हानी हुुन सक्छ । त्यसमा तपाईँहरु सचेत हुनुहोला । 

हामी उपभोक्ता अधिकारकर्मीको त आवाज उठाउने, सचेत गराउने काम हो तर त्यतिले नपुगको अवस्थामा उपभोक्त पनि जाग्नु पर्छ । 

हामीले आवाज उठाउनुपर्ने ठाउँहरुमा आवाज उठाइसकेका छौँ । आवाज उठाएकै कारण कारबाहीको दायरामा आएको छ । कारबाही गरेपछि झन आक्रामक शैलीमा प्रचार प्रसार गर्ने गरेको देखिएको छ । त्यसमा यो देश सञ्चालन गर्ने, भद्र भलाद्मी, कलाकाकारहरु प्रचार प्रसारमा संलग्न भएका छन्, उनीहरुलाई लाज लाग्दैन ? कारबाहीमा परिसकेपछि यो विज्ञापनमा मेरो तस्विर छ, यो हटाइदिनुस भन्नु पर्दैन ? के कारणले हो त्यो भन्ने हिम्मत कसैले गनुै भएको छैन । हामीले त आफूहरुको भुमिका निर्वाह गरिसक्यौँ तर अन्य निकाय र व्यक्तिहरुले गर्नुपर्ने र निभाउनुपर्ने भुमिका निभाएको खै ? उत्पादन र वितरण रोकेको खै ? 

जिम्मेवार निकाय र जिम्मेवार पदाधिकारीहरुले त लाज पचाए, तर हामी उपभोक्ता अधिकारकर्मीहरु लाज पचाउँदैनौँ । कानुनी रुपमा जानुपर्दा हामी उपभोक्ता ऐन २०७५ अनुसार जानुपर्छ तर उपभोक्ता अदालत खै ? 

अर्को कुरा, यो विषयलाई लिएर अदालत जाउँ भने पनि हामीलाई समस्या छ । हामीलाई प्रमाण उपलब्ध गराइदिने भनेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले हो । तर, विभागले पनि हामीलाई प्रमाण उपलब्ध गराउँदैन । हामी कसरी के लिएर अदालत जाने । यो त नियामक निकायले गर्नुपर्यो, त्यो उसको जिम्मेवारी हो ।

सम्बन्धित समाचार :


‘श्री केश तेलको उत्पादन र बिक्री तत्काल रोक्नुपर्छ’



प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||