चितवन : सरकारले दुधको भुक्तानी नदिएको भन्दै चितवनका दुध किसानहरुले सडकमा नै दुध पोखेर आन्दोलनमा उत्रिएका छन् ।
चितवन दुग्ध उत्पादक सहकारीहरुले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरुले सडकमा दुध पोखाउनुका साथै किसानको समश्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् । उक्त अबसरमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिएको खण्डमा अझ ससक्त रुपमा आन्दोलन गरीने अध्यक्ष बगालले बताए ।
त्यस्तै किसानहरुले उत्पादन गरेको दुधको बिक्रीको व्यवस्था र किसानहरु पाउनुपर्ने भुक्तानी पाउनुपर्ने २ वटा माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरुले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै ५ दिनदेखि दुध बिक्रि नभएको उनीहरुको भनाइ छ ।
चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुदै आएको छ । दुध बिक्री नभएर फाल्नुपर्ने अवस्था भएपछि नचाहाँदा नचाहाँदै पनि सडकमा दुध पोख्न बाध्य भएको किसानहरुले जनाएका छन् ।