काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह फ्रान्स भ्रमणमा निस्किएका छन् । कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी मंगलबार मेयर शाह त्यसतर्फ प्रस्थान गरेको महानगरपालिकाले जनाएको छ ।
मेयर शाहले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्नेछन् भने फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुने सचिवालयले जनाएको छ ।
मेयर शाहले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको पनि अवलोकन गर्ने छन् । शाहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ पनि सचिवालयले जनाएको छ । फेस्टिभल १२ दिन चल्नेछ । यिमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते काठमाडौँ फर्कने भ्रमण तालिका छ ।