काठमाडौँ । भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना पछि अहिले नेपाली सेनाले त्यसको जाँच गरिरहेको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलकाअनुसार दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टा मै बम रहेको सूचना आएको थियो ।
उनकाअनुसार बम रहेको सूचना पछि आकाशमा झण्डै एक घण्टा उक्त जहाज १५७ यात्रु लिएर उडिरहेको थियो । एक अज्ञात नम्बरबाट काठमाडौँमा भारतीय विमानको सुरक्षा जाँच गर्ने सुरक्षा अधिकारीको मोबाइलमा कलसाईन यूके १५५ को जहाजमा बमको सूचना पठाएका थिए ।
सो सूचना जहाज दिल्लीबाट उडेको १ घण्टामै आएको र उक्त सूचना पछि विमानस्थललाई उच्च सुरक्षा निगरानीमा राखेर जहाजको सकुशल ल्यान्ड गराइएको भुलले बताए ।
जहाज सकुशल ल्यान्ड भएपछि अहिले नेपाली सेनाद्वारा सुरक्षा जाँच भइरहेको छ । ‘अहिले जहाजलाई सुरक्षित र अलग्गै राखेर नेपाली सेनाबाट सुरक्षा जाँच भइरहेको छ,’ भुलले सिधाकुरासँग भने,‘ जहाज र समानको नेपाली सेनाको बम डिस्पोजल टोलीबाट जाँच भइरहेको छ ।’
भुलकाअनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको छ । यात्रुका झोला तथा सामानहरु सहितको विमानलाई अलग्गै राखेर अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गरिरहेको छ ।
बम रहेको सूचना पछि विमानस्थलमा नेपाली सेनाको विशेष सुरक्षा तैनाथी गरिएको थियो । अहिलेसम्म सूचना भनिए जस्तो कुनै वस्तु फेला परेको छैन् ।
-
Robot Ghimire 30 days agoSecurity needs to be prepared all the time . Great job done . Every international flights should have security network checking points from the departure to destination sharing responsibility interntionally . i think investigation should be done against this criminal beheviours too
-
🗓 Email- + 1,821 BTC. GET >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=be6a2edbf5410fc3a054190b6ae969e0& 🗓 29 days agoubei8g
-
🗝 Ticket; Operation 1,82387 bitcoin. Withdraw =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYW 29 days agoazxsex