वीरगंज । स्वास्थ्य मन्त्रालयले वीरगंज महानगरपालिकाका ३२ वटै वडाका लागि पठाएको करोडौँ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण चार महिनादेखि महानगरमै थन्किएको छ । यी उपकरणहरू समयमा वितरण नहुँदा सर्वसाधारण महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगंजका स्वास्थ्य चौकीहरूमा अति आवश्यक स्वास्थ्य उपकरणहरू पठाएकाे थियो । जसमा भिडियो एक्सरे मेसिन, गर्भवतीहरूको धड्कन जाँच्ने मेसिन लगायतका सामग्रीहरू छन् । तर ति सामग्री चार महिनादेखि महानगरपालिकाको स्टोरमै थन्किएका छन् ।
बर्थिङ सेन्टरका लागि पठाइएका उपकरणहरू नपुग्दा वीरगंज आउने गर्भवती महिलाहरूले ८ सय रुपैयाँको डाक्टरको पुर्जी, भिडियो एक्सरे र अन्य जाँचका लागि महँगो शुल्क तिर्न बाध्य भएका छन्।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरले साउन ४ गते ९० लाख ३२ हजार रुपैयाँ बराबरको स्वास्थ्य उपकरण वीरगंज महानगरमा पठाएको थियो । यस्तै, पथलैया स्टोरबाट ३९ लाख ५४ हजार रुपैयाँ बराबरका १७ प्रकारका उपकरण जेठ ९ गते पठाएको थियो ।
जसमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोर मार्फत ३२ वटै वडाका स्वास्थ्य चौकीहरूका लागि डिजिटल फिटल डपलर, नेबुलाइजर, विपी सेट, माइक्रो स्कोप प्रिमोस्टार, पोर्टेबल यूएसजी मेसिन, डिलेभरी सेट, सक्सन मेसिन लगायतको मेसिन पठाएको थियो ।
त्यस्तै स्वास्थ्य सेवा विभाग पथलैया स्टोरबाट भिएलएस एसी कोल्डच्यान इकुप्मेन्ट, आइस प्याक डिप फ्रिजर विथ स्टेबलाइजर, मेडिकल स्ट्याण्ड, मेडिकल ट्रलि, डेलेभरी बेड, फोटो थेरेपी मेशिन, फ्रिज फ्रि भ्याक्सिन क्यारीर, अक्सिजन सिलिन्डर, निडल कटर, अटोडेभ, मस्क्युटो नेट लगायतको स्वास्थ्य सामाग्री पठाएको थियो । पठाएको सामाग्री अझैसम्म वितरण नगर्दा सर्वसाधारणहरू महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् ।
-
📌 Email- Process 1.82 BTC. Get => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MjE4MTE1MTUyODMxJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1cm 4 months agop7gy4f
-
🔒 You have received a email # 662. Go > out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MjE4MTE1MTUyODMxJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWdu 4 months agozudkxl